• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पत्रकारिताको अवस्था, चुनौती र सम्भावना

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

–शुक्रऋषि चौलागाईं/रासस काठमाडौँ- सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिताको मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । तथापि पछिल्लो चरण पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ भने मूलधारका सञ्चारमाध्यम नै सङ्कटमा परिरहेका छन् । नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेका छन् । पत्रकारिताको पछिल्लो चासो र चिन्ताको विषय पनि यही हो । पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चार गृह स्वयं पनि सच्चिन तयार हुनुपर्नेछ । पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म वहस र विश्लेषणसहित अघि बढ्नु पर्ने आवश्यकता छ ।

पत्रकारिताको अवस्था :

पत्रकारिताको बिकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेका छन् । समयक्रमसँगै नेपालमा अनलाइन, एफएम रेडियो, टेलिभिजन खुल्ने क्रम रोकिएको छैन । अहिले करिव नौ हजारजति सञ्चार गृह छन् । मूलधारको मिडिया अहिले निकै अप्ठ्यारो अवस्थामा छ । सूचना प्रविधिको बिकास र सोसल साइटले फड्को मार्दा परम्परागत पत्रकारिता भने कमजोर बन्दै गएको स्थिति छ । प्रविधिको विकास र यसको अनेकन प्रयोगले पत्रकारिताको स्वरुप पनि परिवर्तन हुँदैछ । सञ्चारमाध्यम भन्दा डिजिटल मिडिया अर्थात न्यू मिडियाका विभिन्न माध्यम सशक्त र प्रभावकारी देखिदैछन् । ट्विटर, फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको काम गरिरहेका छन् । अनलाइन, पत्रिका, टेलिभिजन र रेडियोको सूचनाको स्रोत समेत यिनै सामाजिक सञ्जाल बनिरहेका छन् । अधिकांश पत्रकारहरु त्यसमै निर्भर हुनुपर्ने अवस्था सिर्जना हुँदैछ ।

दैनिक पत्रिका, टिभी र रेडियोको विज्ञापन ह्वात्तै घटेको छ । पत्रकारहरु पनि खासमा पत्रकारभन्दा बढ्ता राजनीतिक दलका कार्यकर्ता जस्ता देखिदै गएपछि थप चुनौती सिर्जना भइरहेको छ । राजनीतिक आस्थाका आधारमा सञ्चारमाध्यम सञ्चालन गर्ने प्रवृत्ति हावी छ । प्रायः नेता र तिनका निकटका व्यक्ति नै कुनै न कुनै सञ्चारमाध्यममा छन् । न्यूयोर्क टाइम्ससँग आवद्ध पत्रकार एएम रोजेन्वले राजनीतिक आस्थाबारे भनेका छन्– पत्रकारहरुले मतदान गर्नुबाहेक अन्य कुनै किसिमको राजनीतिक क्रियाकलापमा लाग्नु हुँदैन । यो पत्रकार भएवापत हामीले तिर्नु पर्ने मूल्य हो । तर यहाँ अधिकांश पत्रकार दलगत विचारबाट प्रभावित भइरहेका छन् । पत्रकार नै दलीय रुपमा विभाजन भएपछि आमनागरिकले के आशा र विश्वास गर्छन् ?

पत्रकारिताको आडमा पत्रकारहरु अन्य पेशा, व्यवसाय र कारोवारमा पनि संलग्न छन् । पत्रकारले निर्वाह गर्ने दोहारो चरित्र कारण पनि समस्या र जोखिम बढिरहेको छ । विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनको स्रोत बनाउने प्रवृत्ति पनि व्याप्त छ । गरिव, निमुखा, पछाडि पारिएका जनताको आवाज सहजैै बाहिर आइरहेको छैन ।

कोभिड महामारीपछिको आर्थिक मन्दीले सञ्चारमाध्यमहरु धराशायी भएका छन् । कयौं पत्रकारहरु पेशाबाट विमुख हुनु परिरहेको छ । राज्यको श्रम कानून नमान्ने, पारदर्शी नहुने, श्रमिकलाई काम गरेको पारिश्रमिकसमेत समयमा नदिने समस्या सञ्चारमाध्यममा वर्षौंदेखि कायमै छ । यो स्थितिमा राज्यको चौथो अंग भएर वाचडगको भूमिका कसरी निर्वाह हुन्छ ?

मिडिया क्षेत्रलाई उद्योगको मान्यता दिने भनिएपनि व्यवहारतः त्यो देखिदैन । स्थानीय तहमा भएका भ्रष्टाचार र सुशासनका विषय घनिभूत ढङ्गले उठ्न सकेका छैनन् । खास गरेर स्थानीय तहमा डकुमेन्ट्री, प्रोफाइल, तालिम, संस्थागत सहयोगको नाममा प्रशस्तै मात्रामा मिडियामा लगानी भएको छ । तथापि त्यसको सदुपयोग र प्रभावकारितामा भने प्रश्न गर्न थालिएको छ । पत्रकारहरुको पेशागत सुरक्षा हुन नसक्नुले पनि धेरै खाले समस्या निम्त्याइरहेको छ । व्यवसाय र रोजगारीको सुनिश्चितताका लागि कहीं कतैबाट पहल पनि भएको छैन । व्यवस्था परिवर्तन भयो, तर पत्रकारिताको अवस्था परिवर्तन भइरहेको छैन ।

चुनौती

पत्रकार र पत्रकारिताका चुनौती बढदै गएका छन् । विशेषतः परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । धेरैजसो चुनौती स्वयं पत्रकारद्वारा नै सिर्जित छन् भने कतीपय राजनीतिकलगायतका कारणले पनि सिर्जित छन् । अहिले पत्रकारले समाचार लेखेबापत, पत्रकारिता गरेबापतभन्दा पनि सामाजिक सञ्जालमा राख्ने स्टाटस, उसको स्रोतसँगको सम्बन्ध ९नाजायज०, आचरण र व्यवहारलगायतका कारणले जोखिम र असुरक्षा बढाइरहेको छ ।

पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा नै अहिलेको मुख्य चुनौती हो । पत्रकारहरुको सुरक्षा, हक अधिकार, प्रवद्र्धन तथा संरक्षण गर्नु राज्यको पहिलो कर्तव्य पनि हो, तर राज्य त्यो कर्तव्यबाट विमुख छ । श्रम गरेवापतको पारिश्रमिक सञ्चारमाध्यमबाट नपाइरहेको स्थिति छ । अहिले हरेक व्यक्ति तत्काल सूचना प्राप्त गर्न सक्ने र प्रवाह गर्ने भएपछि पत्रकारिता पनि भीडको पछिपछि दौडिन थालेको छ । पत्रकारहरु पनि के सही, के गलत, त्यसमा सोच्ने र निर्णय गर्ने फुर्सदमा देखिन्नन् । समाजमा भैरहेका घटना, कानूनको पालना र सामाजिक मूल्य–मान्यतालाई कसैले ख्याल गरेको देखिन्न । ‘मिस इन्फर्मेसन’ विष बनेर फैलँदैछ । युट्युबका नाममा हुने यस्ता गतिविधि मूलधारका सञ्चारमाध्यमका लागि अर्को चुनौती हुन् ।

च्याट जिपिटी पनि अहिले चर्चामा छ । यसले मान्छेको काम खोसिरहेको देखिँदैछ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिकताले अब मानिसलाई बेरोजगार बनाउँदैछ । ट्विटर, फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको काम गरिरहेका छन् । यो चुनौतीको सामना पत्रकारिताले कसरी गर्ने रु डिजिटल मिडिया वा सामाजिक सञ्जालबाटै विषयवस्तु सार्वजनिक हुने र जनमत निर्माण हुन थालको छ । मूलधारका मिडियाले दर्शकरस्रोता र पाठकलाई कसरी विश्वासलाग्दो समाचार पस्कने भन्ने चुनौती छ । सामाजिक सञ्जालका सामग्रीलाई नै समाचार मान्ने प्रवृतिको विकास हुनु पनि एक खालको चुनौती हो । पत्रकारले पनि समाचारभन्दा पहिले स्टाटस ९सूचना० लेख्न थालेपछि अनेकन विवाद र प्रश्न आउन थालेका छन् । पत्रकारितामा अत्याधुनिक प्रविधिको दुरुपयोग एकातिर भइरहेको छ भने अर्कोतिर नयाँ सञ्चार उपकरण र माध्यमको प्रयोगमार्फत पत्रकारिता गरिनुपर्ने आवश्यकता पनि बोध गरिंदैछ ।

पत्रकारमाथि अनेकन चुनौती र जोखिम कायमै छन् । पत्रकार, मिडियालगायत कसैप्रति पनि असहमति जनाउने, आपत्ति प्रकट गर्ने, गुनासो पोख्ने अधिकार सबैलाई सुरक्षित छ । तर त्यसका लागि केही विधि र प्रक्रिया पूरा गर्न जरुरी छ । सार्वजनिक समाचाररविचारप्रति चित्त नबुझे खण्डन गर्ने (स्पष्टोक्ति), प्रेस काउन्सिल, न्यायालयलगायतमा मुद्धा हाल्ने, पत्रकार सम्मेलन, अन्तरक्रिया, वहस, छलफलमार्फत निकास खोज्ने, पत्रकार महासङ्घलगायतका सङ्घ सङ्गठनसँग पनि आवश्यक सरसल्लाह र सहयोग लिने आदि धेरै विकल्परमाध्यमको खोजी गर्न सकिन्छ । तर यहाँ त्यसो भएको पाइदैन । त्यसो नहुनु पनि एक खाले खतरा र चुनौती हो । सत्य तथ्य सूचना प्रवाहमा बेवास्ता, प्रयाप्त सीपरदक्षता र खुवि नहुनु, पर्चाकारिता र पार्टीकारिताले स्थान पाउनु, सीप अभिवृद्धिका लागि सञ्चार गृहले ध्यान नदिनु, स्वतन्त्र ढङ्गले काम गर्ने वातावरण नहुनु, बढ्दो दण्डहिनता, भौतिक तथा व्यावसायिक असुरक्षा सञ्चारकर्मीका मुख्य समस्यारचुनौतीका रुपमा देखिएका छन् । व्यक्ति, समूह वा संस्था विशेषका उपयोगी साधन या भरिया ९पत्रकार० त भइरहेका छैनौं रु यो पनि सोच्ने बेला भएको छ । व्यवसायिक र मर्यादित पत्रकारिताबारे बहस र छलफल गरेर नथाक्ने नेपाली सञ्चार क्षेत्रमा आचारसंहिता उल्लङ्घन अर्को पेचिलो विषय हो । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने मुख्य दायित्व पत्रकारहरुकै हो ।

पत्रकार र पत्रकारिताको विकास र प्रवर्धन गर्ने मुख्य दायित्व सरकारकै हो तर उसका गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सोंचमा रहेको हो की भन्ने महसुस गराउँछ । पत्रकार र पत्रकारितासँग सम्बद्ध संयन्त्र, कार्यालय सङ्घीय संरचनाअनुसार विकेन्द्रीकरण हुनु पर्ने, सञ्चार विधेयक, आवश्यक कानून, नीति निर्माणमा अग्रसरता देखाइनु पर्ने हो, तर अपेक्षित त्यो भएको पाइँदैन । विगतमा पत्रकारको न्याय र प्रेस तथा वाक स्वतन्त्रताको सन्दर्भमा एउटै सरकारसँग माग राख्दा हुन्थ्यो तर अहिले सात प्रदेश सरकार र ७५३ स्थानीय सरकारहरुसँग पत्रकार लड्नुपर्ने र भिड्नु पर्ने अवस्था छ । स्थानीय तह आफ्नो प्रतिकूल समाचार आएमा पत्रिका र एफएमलाई अङ्कुश लगाउने गरी कानुन बनाउन तम्तयार छन् । सञ्चारमैत्री कानून बनाउन तथा सहज वातावरण बनाउन स्वयं सञ्चारकर्मी र सञ्चार सङ्गठनको अगुवाइ जरुरी छ ।

सम्भावना

जहाँ समस्या र चुनौती छ, त्यहीं सम्भावना पनि रहन्छ । पत्रकारितामा निराशा छाएको छ तर आशा मरिसकेको छैन । सूचना लिने र दिने सञ्चारमाध्यम फरक भएका हुन् । सञ्चारमाध्यमका स्वरुप परिवर्तन भएका हुन् । सञ्चारको शैली, प्रस्तुति फेरिएको हो । त्यसका लागि पत्रकारहरुले पनि आफूलाई सच्याउन र अपडेट गर्न जरुरी छ । पछिल्लो चरण नयाँ प्रविधिको उच्चतम प्रयोग गर्न पाउनु पनि एक अवसर र सम्भावना हो । प्रविधिको सिकाइलाई पेशामा रुपान्तरण गर्न सकिने अवसरहरु पनि उत्तिकै छन् तथापि, त्यसका लागि इच्छाशक्ति हुन जरुरी छ, चुनौती सामना गर्न तयार हुनुपर्छ । पत्रकारितामा पढेलेखेका पत्रकारहरुको प्रवेश हुनु पनि सुखद पक्ष हो ।

पत्रकारितामा आउने नयाँ पुस्ता अब प्राविधिक रुपमा पनि सक्षम देखिदै छन् । सञ्चार गृहमा हाउसमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक पक्ष बुझेको सम्पादकको प्रवेश हुँदैछ । परम्परागत पत्रकारितालाई अहिले नयाँ प्रविधिसँग जोड्न पनि सहज छ । अब डिजिटल मार्केटिङ गर्न पनि सहज हुँदैछ । सञ्चारमाध्यमले घटना, विषय र प्रस्तुतिलाई नयाँ स्वरुपमा पस्किन पनि सहज छ, तर जनरुची, सार्वजनिक सरोकार र विश्वासलाग्दा विषय हुनुप¥यो । पछिल्लो समय विधागत पत्रकारिताको विकास हुनु पनि सुखद कुरा हो । पत्रकारहरुलाई डिजीटल मीडिया, नयाँ प्रविधिको प्रयोग लगायतका क्षमता अभिवृद्धि गर्ने खालका तालिम लिन पनि पहिलेजस्तो चुनौती छैन ।

पछिल्लो चरण नेपाल पत्रकार महासङ्घले थालेको पत्रकार शुद्धीकरणको अभियानले पनि स्वच्छ, गुणस्तरीय र विश्वसनिय पत्रकारिता गर्न मद्दत पु¥याउने छ । पछिल्लो समय सञ्चारकर्मी र सञ्चारमाध्यमको विकासका लागि तीनै तहका सरकार कानून, निति निर्माणमा पनि सक्रिय हुँदैछन् । यसलाई व्यवस्थित गर्न सकिए पत्रकारिताले नयाँ उचाई लिने छ । सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई जनताको समृद्धिसँग गाँस्ने मूल आधार बनाउने गरी पत्रकारितालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ । लोकतन्त्र, समाज रुपान्तरणका पक्षमा पत्रकारहरुले विगतमा जुन आवाज उठाए, त्यो विरासतलाई कायम राख्नुपर्ने दायित्व छ ।

पत्रकारहरुको पेशागत सुरक्षाको सुनिश्चिततासँगै व्यावसायिक दक्षता अभिवृद्धि, सञ्चारगृहको संस्थागत बिकास एवं सञ्चारमैत्री वातावरण बनाइनुपर्ने आवश्यकता छ । स्थानीय सञ्चारमाध्यम नै आमजनताको पहिलो र प्रभावकारी माध्यम भएकाले स्थानीय सरकारले तिनको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आवश्यक पहलकदमी लिनुपर्छ । पत्रकारितामा समस्या र चुनौती छन् भनेर चुप लागेर कहीं पनि पुगिंदैन, सम्भावनाको खोजीमा लाग्नुको विकल्प छैन । (लेखक नेपालगञ्जमा क्रियाशील पत्रकार हुन्)

 

  • पत्रकारिताको अवस्था
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल
भेनेजुएलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादी हस्तक्षेप : एक विश्लेषण
नेकपा एमालेको एघारौँ महाधिवेशन : नेतृत्व, समय र संगठनको पुनर्जागरण एक विश्लेषण

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.