धनगढी– धनगढीमा वृक्षारोपण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।
वडा नम्बर ५ मा रहेको आदर्श नव युवा क्लव विद्यालय परिसरमा मसला, अमला, तेजपात, गुलमोहरका ५० विरुवा वृक्षारोपण गरिएको क्वलका अध्यक्ष निराजन खड्काले बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा वडा नम्बर २, ३, ४, ५ का वडाध्यक्ष तथा क्लवका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।














