धनगढी- बझाङमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–८ बागथालाबाट साढे ११ किलो चरेससहित दार्चुलाका एक जना पक्राउ परेका हुन् ।
उनका अनुसार दार्चुलाको शैल्यशिखर(१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायतलाई प्रहरीले बुधबार दिउँसो चैनपुरदेखि महेन्द्रनगरतर्फ आइरहेको बसबाट चरेससहित पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बागथालाको खटिएको प्रहरीले चेकजाच गर्दा उक्त चरेस फेला परेको थियो ।













