• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरमा विकास खर्चको अवस्था नाजुक

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको पहिलो चौमासिकमा विकास खर्चको अवस्था नाजुक रहेको छ । चालु आर्थिक वर्षमा विकास खर्च १५ प्रतिशत गर्ने लक्ष्य लिएको प्रदेश सरकारले चार महिनामा पाँच प्रतिशत मात्रै खर्च गरेपछि अवस्था नाजुक देखिएको हो ।

पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेश सरकारको विकास खर्च गर्ने क्षमता कमजोर हुँदै गएको छ । चालु आर्थिक वर्षमा विकासतर्फ १७ अर्ब दुई करोड २३ लाख रुपैयाँ विनियोजन गरेकोमा पहिलो चौमासिकमा ८९ करोड ४५ लाख ६० हजार रुपैयाँ मात्रै खर्च भएको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा ३.९८, २०७८/७९ मा ३.५४, २०७७/७८ मा ५.८६ विकासखर्च गरेको थियो ।

गत आर्थिक वर्ष २०७९र८० मा प्रदेश सरकारले विकासतर्फ २४ अर्ब १४ करोड ८० लाख ७१ हजार रुपैयाँ विनियोजन गरेकोमा एक अर्ब २३ करोड २० लाख तीन हजार रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारको विकास खर्चभन्दा चालुतर्फ बढी खर्च भएको छ । चालुतर्फ ११ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले एक अर्ब ५१ करोड तीन लाख रुपैयाँ खर्च गरेको छ । यो कुल विनियोजित बजेटको १२ दशमलव ६४ प्रतिशत हो ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चालुतर्फ १२ अर्ब २९ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेकोमा यो अवधिमा एक अर्ब ९६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले दुई अर्ब ४० करोड ४९ लाख खर्च गरेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेकोमा दुई अर्ब ४४ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो ।

चालु आर्थिक वर्षमा प्रदेशमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च भएको देखिएको छ । मन्त्रालयले चालुभन्दा बढी विकास खर्च गरेको छ । १२ अर्ब ६८ करोड ९८ लाख रकम विनियोजन भएकोमा मन्त्रालयले चार महिनामा ८२ करोड ३६ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ ११ करोड ३४ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । विकासतर्फ ७१ करोड दुई लाख खर्च गरेको छ ।

आर्थिक वर्ष २०७९र८० मा सोही मन्त्रालयका लागि १८ अर्ब २६ करोड ६३ लाख रुपैयाँ विनियोजन भएकोमा मन्त्रालयले ५ महिनामा एक अर्ब पाँच करोड ५८ लाख ३६ हजार रुपैयाँ खर्च गरेको थियो । मन्त्रालयले चालुतर्फ १४ करोड ६७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । विकासतर्फ नौ करोड नौ लाख नौ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा सबै भन्दा कम बजेट खर्च प्रदेश सभा सचिवालयको रहेको छ । १९ करोड आठ लाख रुपैयाँ विनियोजन भएकोमा सचिवालयले तीन करोड ६० लाख खर्च गरेको छ ।

सचिवालयले चालुतर्फ तीन करोड ५९ लाख र विकासतर्फ ६५ हजार मात्रै खर्च गरेको छ । सात वटा बजेट ल्याउँदा हालसम्म कुनै पनि वर्षमा प्रदेश सरकारले सन्तोषजनक खर्च गर्न सकेको छैन । प्रदेश सरकारले सुरुदेखि नै विकास खर्च अर्को वर्षबाट सुधार हुने बताउँदै आएकोमा अझै पनि सुधार भएको छैन । विषयगत मन्त्रालयले योजना सम्झौता, ठेक्का प्रक्रियालगायतका कामहरू समयमै बढाउन नसकेको कारण विकास बजेटको खर्च न्यून हुने गरेको छ ।

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी सिद्धराज जोशीले विषयगत मन्त्रालयले कार्यक्रमअअघि बढाउनमा ढिलाइ गर्दा विकास बजेट खर्च हुन नसकेको बताए । उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन साउनदेखि नै भए पनि मन्त्रालयले रातो किताबमा भएका कार्यक्रमहरू कार्यान्वयन गर्न ढिलाइ गरेको जिकिर गरे । जोशीले दशैं–तिहार र कर्मचारी अभावका कारण यो वर्ष बजेट खर्चमा सुधार हुन नसकेको जानकारी दिए । कारोबारबाट

  • विकास खर्च
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.