• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीमा बन्द हुन थाले व्यापारिक फर्म

  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित

धनगढी– कैलालीमा व्यावसायिक फर्म तथा व्यापार केन्द्रहरू बन्द हुने क्रम बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका अनुसार जिल्लामा व्यापारिक केन्द्र बन्द हुने क्रम बढेको छ भने दर्ता हुने क्रम घटेको छ । चालु आर्थिक वर्षको हालसम्म तीन सय ९७ वटा फर्महरू दर्ता हुँदा दुई सय १५ वटा फर्मको दर्ता खारेजी भइसकेको कार्यालय प्रमुख सुरेश जैशीले बताए ।

यो वर्ष दर्ता भएका फर्ममध्ये ५४ प्रतिशत खारेज भैसकेका छन् । उनले दर्ता खारेज गर्नुको कारण खारेजी फारममा उल्लेख गर्नु नपर्ने भए पनि दर्ता खारेज गर्न आउने व्यवसायीहरूले व्यवसायमा कमी आएको, विदेश गइरहेको जस्ता कारणहरू बताउने गरेको जानकारी दिए । उनले दर्ता खारेज गर्नेमध्ये केहीले मात्रै व्यापार वृद्धि भई कम्पनीमा जान वाणिज्य कार्यालयको दर्ता खारेज गर्न आएको बताउने गरेको आफूसँग भन्ने गरेको बताए ।

विगतमा वार्षिक दुईदेखि तीन हजारसम्म फर्महरू दर्ता हुँदै आएकोमा दर्ता हुने फर्मको संख्या घटेर एक हजारको नजिक पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय १३ फर्म दर्ता हुँदा तीन ९७ फर्मको दर्ता खारेज गरिएको छ । यो वर्ष दर्ता भएको फर्मको आधारमा करिब ३६ प्रतिशत फर्म खारेज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ९९ फर्म दर्ता हुँदा चार सय आठ वटा फर्मको दर्ता खारेज गरिएको थियो ।

२०७७र७८ मा दुई हजार पाँच सय ३० फर्म दर्ता हुँदा चार सय ५१ फर्मको दर्ता खारेज गरिएको थियो । यी वर्षहरूमा क्रमशः साढे १९ र करिब १८ प्रतिशत फर्मको दर्ता खारेज भएको तथ्याकंले देखाएको छ । कैलालीमा हालसम्म २८ हजार चार ७३ फर्महरूको दर्ता कायम रहेको कार्यालयले जनाएको छ । आर्थिक मन्दी र बैंकहरूले वृद्धि गरेको ब्याजको कारण व्यापार व्यवसायमा ह्रास आएको व्यवसायीहरूले बताएका छन् ।

उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले व्यापारीहरू व्यापारमा घाटा बेहोर्नुपर्ने अवस्था आएपछि व्यापार बन्द गरेर विदेश पलायन हुन थालेको बताउँछन् । निरन्तर व्यापारमा आएको गिरावटको कारण व्यापारिक फर्महरू बन्द हुन थालेपछि धनगढी बजारका कतिपय सटरहरू बन्द देखिन थालेका छन् । कतिपय सटरमा ‘सटर भाडामा छ’, ‘टु लेट’ जस्ता शब्दहरू लेखेर घरबेटीको मोबाइल नम्बर लेखेको ब्यानर, तुल, पर्चा टाँसिएको देखिन्छ । त्यसरी लेखिएका सटरहरू समेत महिनौंदेखि भाडामा लाग्न सकेका छैनन् ।

दिनप्रति दिन सामान महँगिदै गएपछि ग्राहकहरूले सामान किन्न कम गरेका छन् । व्यापार नभएपछि व्यापारीहरूले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको कैलाली उद्योग वाणिज्य संघका सदस्य रुपेश खड्काले बताए । व्यापार व्यवसाय खस्किँदो अवस्थामा रहे पनि उकास्ने योजना सरकारसँग छैन । आयातमा आधारित बजार रहेको हुनाले पनि सरकारले महँगी नियन्त्रण गर्न सकिरहेको छैन । महासंघका अध्यक्ष बोगटीले ट्रेडिङ बिजनेस भन्दा स्थानीय उत्पादनमूलक बिजनेसमा लगानी गर्न आवश्यक रहेको बताए । कारोबारबाट

  • व्यापारिक फर्म
बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.