• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जीर्ण बन्दै कर्णाली पुल

  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित

टीकापुर- सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्।

जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०र३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।

मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आएर खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। तराजु शैलीमा दुवैतिरको भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्। ती सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्।

पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी सााधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको स्थानीय शिक्षक मार्कण्डेय उपाध्यायले बताए । २०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। पुल सञ्चालनका सुरुवाती दिनमा जापानी प्राविधिकले पुलमाथि धेरै गाडी गुडाउन नहुने बताएका थिए।

स्थानीय रमेश विष्टले पुलको सुरक्षा भूपू सैनिकले दिन छाडेपछि पुलमा ओहोरदोहोर हुने गाडीको सङ्ख्या र पुलमा केरकार गर्ने क्रियाकलाप बढेको उल्लेख गर्दै संवेदनशील पुलमाथि सम्बन्धित निकायको ध्यान नपुगेको बताए ।

२०७२ सालबाट सडक विभागले दुई जना सुपरभाइजर खटाएको छ। सुरपरभाइजर दानसिंह थापाले भने– ‘‘पुलको जुुन रूपमा मर्मत सम्भार र स्याहार हुनुपर्ने हो, त्यो हुन सकेको छैन। हामीले सके जति पुलको सरसफाइ, सामानको रेखदेख गरिरहेको छौँ। अरू खास काम गर्न सकिएको छैन।’’

पछिल्ला दिन स्थानीय चाडपर्व तथा जन्मदिनमा पुलमा आउने र तस्बिर लिने, नाच्ने, गाउने लगायतका कार्यले पुलमा सयौँ मानिसको भीड लाग्ने गरेको छ। पुल हेर्न भनेर टाढा टाढाबाट पनि मानिसहरू आउने गरेका र विशेषगरी भारतबाट आउने पर्यटकको आकर्षणको केन्द्र बनेको पुलको सुरक्षाभन्दा पनि पुलमा प्रयोग भएका सामान चलाउने, खोतल्ने लगायतका कार्य पनि हुँदै आएको छ। फलाममा खिया लागिसकेको छ। पुलमाथि गाडी रोकेर राख्ने, पुलमाथि नै पसल राख्ने पनि गरिएको छ।

२०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलको १४२ ठाउँमा गोली लागेको छ। गोलीले खत लागेको ठाउँमा अहिले खिया लागिरहेको छ। पूर्वपट्टिका लठ्ठा खुकुलो भएपछि हल्लिन थालेको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाहीले बताए ।बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय क्षेत्र कर्णाली चिसापानीमा घुम्न आउने पर्यटकलाई सचेतना दिन नसक्दा पुलका सामानहरू निकाल्ने काम पनि भइरहेको उनले बताए ।गोरखापत्रबाट

  • पुल
शनिबार, साउन २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.