बाजुरा- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा एक कर्मचारीलाई करेन्ट लागेर घाइते भएका छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका- ८ का अन्दाजी ३३ वर्षीय भक्त रावल रहेका छन् ।
बुढीगंगा नगरपालिका-२ बल्देमा विद्युतको जम्पर झार्ने बेलामा करेन्ट लागेर घाईते भएको नेपाल विद्युत प्राधिकरण केन्द्र वितरण शाखाका निमित्त कार्यालय प्रमुुख केशवदत्त भट्टले बताए । उनका अनुसार घाइते रावललाई अछामको बयालपाटामा उपचारका लागि लगिएको बताए ।













