अछाम- अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका १ सय १८ लाभग्राही सुरक्षित आवासका लागि छनोट भएका छन्। गाउँपालिकामा कुल १ सय ५० स्वीकृत आवास सङ्ख्या भएपनि सर्वेक्षणमा कुल १ सय १८ लाभग्राही समावेश भएका शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर, डोटीले जनाएको छ।
छनौट भएका लाभग्राहीले सुरक्षित नागरिक आवास २०७५ कार्यविधि अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा सम्झौता गर्न सकिने आयोजना प्रमुख बिनोद यादवले बताए । सुरक्षित नागरिक आवास कार्यक्रम अनुसार भुस (खर) ले छाएका घरहरूमा टिनको पत्र लगाइने छ।













