धनगढी- कैलालीको कैलारी गाउँपालिकाबाट अवैध माछा बरामद गरिएको छ। कैलारी गाउँपालिका–७ हौसलपुरघाटबाट प्रहरीले ५० किलोग्राम अवैध छिद्रा माछा बरामद गरेको हो। २० हजार मूल्यका ती अवैध माछा शनिवार इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।















