• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कालिजले बजार नपाउँदा व्यवसायी मारमा

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

कैलाली- कालिजले बजार नपाउँदा व्यवसायी मारमा पर्न थालेका छन् । बजार अभावले कालिज बिक्री हुन छाडेपछि व्यवसायी मारमा पर्न थालेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा विगत चार वर्षदेखि व्यासायिक रूपमा कालिजपालन गर्दै आएका नारायणसिंह कठायलले बजार अभावका कारण कालिज बेच्न समस्या हुन थालेको गुनासो गरे ।

उनले भने, “रोजगारीको अवसर नुहँदा कालिजपालन व्यवसायमा लागियो । अब कालिज बिक्री नै हुन छाडे । कालिजले वर्षभरिमा खाएको चारोको पैसासमेत असुल गर्न समस्या हुन थालेको छ ।”

गोदावरी वाइड लाइफ एग्रो प्रालि नामक फार्म दर्ता गरेर व्यावसायिक रूपमा कालिजपालनमा लागेका कठायतले पोखराबाट एक हजार पाँच सय चल्ला ल्याएर सुरु गरेको बताए । “सुरुमा पोखराबाट एकदिने चल्ला ल्याएर व्यवसाय सुरु गरेको हुँ । चल्लालाई रु १५ लाख परेको थियो । लगानी धेरै भइसक्यो । बिक्री फाट्टफुट्ट मात्रै हुन्छन्”, उनले भने।

कालिज महँगो हुनुका साथै सानो बजार हुँदा बिक्रीमा समस्या हुन थालेको कठायतले बताए । “बजार पनि सानो भयो । वर्षमा मुस्किलले चारदेखि पाँच सय वटासम्म बिक्री हुन्छन्”, उनले भने । उनका अनुसार अहिले फार्ममा आठ सय कालिज छन् ।

एक वर्ष नपुग्दासम्म कालिज खानयोग्य नहुने भन्दै पोथीलाई रु एक हजार पाँच सय र भालेलाई रु दुई हजारमा बिक्री गर्ने गरेको कठायतले जानकारी दिए । “अहिले लगानीमात्रै बढिरहेका छ । चार हजार कालिज पाल्न मिल्ने फार्म बनाएको छु । फार्ममा चल्ला उत्पादनसमेत हुन्छन्”, उनले भने, “चल्ला पनि खासै बिक्री हुँदैनन् । वर्षमा दुई–तीन सय जति चल्ला बिक्री हुन्छन् ।”

अहिले फार्ममा स्थानीय जातका कुखुरासमेत पालन गर्न सुरु गरेको कठायतले बताए । उनले भने, “फार्ममा धेरै कालिज पाल्न नसकिने अवस्था भयो । विगत तीन महिनादेखि चार सय स्थानीय जातका कुखुरापालन सुरु गरेको छु ।” व्यवसाय छाड्न पनि नसकिने काम गर्न पनि नसकिने अवस्था भएको उनको भनाइ छ ।

बजारमा कालिज खपत घटेसँगै व्यवसायीले व्यवसाय बढाउन नसकिरहेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा हेमराज अवस्थीले बताए । उनले भने, “जिल्लामा साना तथा ठूला गरी करिब २५ वटा कालिज फार्म सञ्चालनमा छन् । बिक्री कम हुने भएपछि धेरैजसो फार्मले माउ हुर्काउने, थप्ने गरेका छैनन् । खासमा बजारको समस्याले व्यावसायी मारमा परेका छन् ।”रासस

  • कालिज
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.