• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

आँगनमा खानी र जडीबुटीको भण्डार

  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

गोकर्ण दयाल

बैतडी, जेठ ११ गते । कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ ।

खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।

भारतमा ज्याला मजदुरीले जीविका नचलेपछि सोही वडाका हर्कबहादुर ऐरी दुई लाख रुपियाँ ऋण लिएर खाडी मुलुक पस्नुभयो । सोही वडाका अर्का युवा बलवेद ऐरी वृद्ध आमाबुवा र जहान परिवार पाल्न कामको खोजीमा भारत हिँड्नुभएको छ ।

बेरोजगारीका कारण गाउँबाट पलायन यी युवा केही प्रतिनिधि पात्र मात्र हुन् । युवा पलायन भएको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानी छ । यहाँको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ तर सडक र बिजुलीको सुविधा नहुँदा खानी उत्खनन हुन सकेको छैन । वडामै खानी र जडीबुटी भए पनि यहाँका ८० प्रतिशत युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक पलायन हुने क्रम लामो समयदेखि निरन्तर छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा राहदानी लिने युवाको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७४र७५ मा राहदानी लिनेको सङ्ख्या पाँच सय रहेकोमा हाल बढेर आव २०७९र८० मा दुई हजार ६८० पुगेको छ ।

बैतडीमा फस्फोराइट, फलाम, चुन ढुङ्गा, शिलाजित, स्लेट र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानीलगायत सिल्भर खानी रहेका छन् । जडीबुटीतर्फ क्यान्सर रोग निको पार्ने लौठसल्लासहित पाँचऔँले, पाखनवेद, चिराइतो, सुगन्धवाल, चुत्रो, तेजपत्ता, रिट्ठा, सिमजडी, अमला, हर्रोबर्रो, गुड, महलगायत ६५ भन्दा बढी जडीबुटीको भण्डार रहेको छ ।

यद्यपि यहाँको जडीबुटी बिचौलियामार्फत भारत निकासी हुने भएकाले जिल्लामै जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुन सकेको छैन । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायन निस्कने लौठसल्ला रहेको छ ।

चाउचाउ र कुरमुरेसँग साटिन्छ जडीबुटी

विद्यालय जाने बालबालिकाले पाखनवेद र सिमजडी, चुत्रोलगायत जडीबुटी सङ्कलन गरेर बिचौलियासित चाउचाउ र कुरमुरेसित साट्ने गरेका छन् । बिचौलियाले यस्ता जडीबुटी नेपालगन्जको बाटो भएर भारत पठाउने गरेको पाइएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष चार लाख किलो जडीबुटी भारत जाने गरेको छ । तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला र रिट्ठो सबैभन्दा बढी निकासी हुने गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रिट्ठो र तेजपत्तापछि स्थानीय जङ्गली फल किरमडा ९चुत्रो० को बोक्रा, जरा र डाँठ बढी निकासी हुने गरेको छ । चुत्रो सङ्कलन गर्न प्रतिकिलो १० रुपियाँ राजस्व तिरेपछि मात्रै यो जडीबुटी निकासी गर्न पाइन्छ ।”

अध्ययन भयो, उत्खनन भएन

दोगडाकेदार गाउँपालिका–७ र ३ नं। वडाको बसौरा र पुरचौडी नगरपालिका–६, साउन गाउँमा कृषिमलमा प्रयोग हुने फस्फोराइट खानी फेला परेर विस्तृत अध्ययन भए पनि उद्योग खुल्न सकेको छैन ।

खानी उत्खनन गर्न पाँच वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल ९प्वाल पार्ने काम० गरेर नेपालमै कृषिमल बन्ने सम्भावना औँल्याएर फर्किएको थियो । नेपाल सरकारले किसानलाई वार्षिक छ अर्ब रुपियाँ बराबरको मल आयात गर्ने गरेको तथ्याङ्क भए पनि फस्फोराइट उत्खनन र प्रशोधन गर्ने उद्योग स्थापना हुन सकेको छैन ।

यस जिल्लाका १० वटा स्थानीय तहमध्ये पुर्चौडी नगरपालिकामा फलाम खानी, कृषिमलमा प्रयोग हुने फस्फोरस खानी रहेका छन् । दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भिरमा शिलाजित खानी छन् ।

त्यसै गरी सिगास गाउँपालिकामा फलामसँगै खरी ढुङ्गा, स्लेट खानी, डिलासैनी गाउँपालिकालाई छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुनको सम्भावना, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि उद्योग सञ्चालन हुन सकेको छैन ।

विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म खानीको अध्ययन हुन सकेको छैन । स्थानीय तहको पुनर्संरचना हुनुपूर्व तत्कालीन जिल्ला विकास समितिले खानी तथा भूगर्भ विभागसँग समन्वय र पत्राचार गरेर सुन र युरेनियम खानीको अध्ययन गर्ने विषय चर्चा हुने गरेको थियो ।

प्रयोगमा रहेको फलाम खानी बन्द

पुर्चौडी नगरपालिकाको मल्लादेही कालीढुङ्गा क्षेत्रमा ३५ वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल देख्न सकिन्छ । द्वन्द्वकालमा फलाम खानी बन्द भएपछि ती खाल्डामा अहिले स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।

खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएको छ । विदेशबाट आयात हुने प्लास्टिक र सिल्भरका भाँडा वर्तनको प्रयोग बढेको छ । खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुर्चौडे भदेला ९कराही० अहिले पनि सुदूरपश्चिमको जनबोलीमा झुन्डिएको छ । फलाम खानी बन्द भएपछि यहाँका परम्परागत आरनसमेत बन्द भएका छन् । गोरखापत्र अनलाईनबाट

  • आँगनमा खानी र जडीबुटीको भण्डार
शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.