• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सहकारी पीडितलाई प्रवेश दिइएन, रिट नै खारेज हुनुपर्ने सरकारी जिकिर

  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा बहस भइरहँदा सरकारी पक्षले भने रिट नै खारेज हुनुपर्ने जिकिर पेस गरेका छन् ।सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस भइरहँदा सरकारका तर्फबाट बहस गरेका नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे र सूर्यराज दाहालले यस्तो दाबी पेस गरेका हुन् ।सोमबार न्यायाधीशद्वयको इजलासमा बहस सुरु हुनु अघि नै न्यायाधीशले अन्तरिम आदेशका विषयमा छलफल गर्ने कि यसअघि मगाएका जाहेरीसहितका विवरणबारे भनी प्रस्ट हुन चाहेका थिए । रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले सुरुवाती बहस गरिरहँदा न्यायाधीश श्रेष्ठले यसअघि मगाएको मिसिलदेखि सीआईबी र अदालतमा रहेको अभियोग पत्र मगाउन आवश्यक छ कि भनी प्रश्न उठाएका थिए ।

लामिछाने सामान्य नागरिक मात्र नभई गृहमन्त्री समेत भएको र उनकै नेतृत्वमा अनुसन्धान गर्ने प्रहरीको निकाय भएकाले उनी पदबाट निलम्बन हुनुपर्ने माग रिट निवेदकले गरेका थिए ।

यसैगरी पोखराको सूर्यदर्शन सहकारीका पीडितहरू यही मुद्दामा आफ्नो कुरा राख्न र बहस सुन्न सर्वोच्चसम्म आएको पनि उनले इजलासलाई जानकारी गराए ।

भट्टराईले आम सर्वसाधारणले दैनिक रूपमा बचत गरेको रकम गृहमन्त्री संलग्न भएको गोर्खा मिडियाकोनाममा ऋण लिएको देखिएको र उक्त कुरा विभिन्न अदालतमा पेस भएको अभियोग पत्रका साथै सीआईबीले गरेको अनुसन्धानमा पनि देखिएको दाबी गरे ।

भट्टराईपछि रिट निवेदककै तर्फबाट अधिवक्ता रमण कर्णले बहस गरे । कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय अघि संसदमा लामिछाने विरुद्ध जाहेरी दर्ता भएको कुरा संसदमै स्वीकार गरेको तर त्यसपछि गृहमन्त्री स्वयमले अस्वीकार गर्नेदेखि महान्यायाधिवक्ता कार्यालयले पत्र नै लेखेर सफाइ दिने कोसिस भएको दाबी गरे ।

उनले गृहमन्त्री लामिछाने पदमा रहेसम्म अनुसन्धान प्रभावित हुने र उनको स्वार्थ बाझिने भएकाले अलग गराउन अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे ।

उनले बहस गरिरहँदा न्यायाधीश श्रेष्ठले सीआईबीको प्रतिवेदनदेखि अन्य विवरण खोजी गरेका थिए । जसअनुसार रिट निवेदकहरूले दुई वटा फाइल पेस पनि गरे । तर न्यायाधीश श्रेष्ठले यो विवरणहरू सरकारका तर्फबाट पेस गर्नुपर्ने भनी सरकारी पक्षको कुरा सुन्ने तर्क गरे ।

लगत्तै नायब महान्यायाधिवक्ता डा घिमिरेले बहस थाले । उनले रिटको औचित्य नै नभएको र ुकसैले म कानुन मान्छु तर मेरो विरुद्ध के अभियोग छन्ु भनेर निवेदन दिएपछि त्यसको जानकारी गराउने काम मात्र महान्यायाधिवक्ता कार्यालयले गरेको जिकिर गरे ।

उनले महान्यायाधिवक्ता कार्यालयले कुनै पनि कानुन उल्लङ्घन गर्ने कार्य नगरेको जिकिर गर्दै रिट खारेज हुनुपर्ने जिकिर गरे ।

उनीपछि सहायक न्यायाधीवक्ता सूर्यराज दाहालले बहस गरेका थिए । उनले पनि रिट निवेदनमा अन्तरिम आदेश हुनुपर्ने अवस्था नरहेको दाबी गरे । सरकारी पक्षको बहसपछि गृहमन्त्री लामिछानेका तर्फबाट एक कानुन व्यवसायीले कुरा राखेका थिए ।

गृहमन्त्रीका कानुन व्यवसायीले प्रधानमन्त्री कार्यालयका नाममा अन्तरिम आदेश माग गरेको तर रिटमा विपक्षी नै नबनाएको भन्दै खारेज हुनुपर्ने जिकिर गरेका थिए ।

उजुरीकर्ताहरूले इजलासमा प्रवेश नै पाएनन्

यसैबिच उक्त मुद्दाको सुनुवाइमा पोखरादेखि सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च आइपुगेका थिए । उनीहरूले इजलासमा आफ्ना कुरा राख्न चाहेका थिए ।

उनीहरूले इजलास नम्बर ७ को पास पनि लिएका थिए । बिहानै ११ बजे नै सर्वोच्च पुगेका उनीहरू बहस सुरु भएपछि इजलासमा जाने भनी बाहिर कुरेर बसेका थिए । सुरुमा प्रहरीले बहस सुरु भएपछि प्रवेश दिने भन्दै रोकेको थियो । तर प्रहरीले बहस सुरु भएपछि उनीहरूलाई प्रवेश दिएन ।

प्रहरीले उनीहरूलाई इजलास बाहिर पनि बस्न नमिल्ने भन्दै सर्वोच्च परिसरमा ल्याएको थियो । उनीहरूको मुद्दा नभकाले बस्न नमिल्ने भन्ने प्रहरीको तर्क थियो । प्रहरीले प्रवेश नदिएपछि उनीहरू सर्वोच्च परिसरमै बसेर सुनुवाई कुरेमा थिए ।

न्यायाधीशद्वयले आफूहरूले दुवै पक्षको कुरा सुनेको र सल्लाह गरेर आदेश गर्ने भन्दै अर्को मुद्दाको सुनुवाइ थालेका थिए । सर्वोच्चले आजै उक्त मुद्दामा आवश्यक आदेश दिनेछ । रातोपाटीबाट

  • गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सहकारी पीडितलाई प्रवेश दिइएन
  • रिट नै खारेज हुनुपर्ने सरकारी जिकिर
सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.