धनगढी- महिला लघुवित्त वित्तीय संस्था लिमिटेड धनगढीले साढे १३ करोड लगानी गरेको छ । दुई सय समूह निर्माण गरी कृषि र व्यवसायमा संस्थाले लगानी गर्दै आएको हो ।
धनगढी क्षेत्रको भूगोल अनुसार उत्पादन हुने क्षेत्रमा लगानी गरेको शाखा प्रमुख जीवन चौधरीले निशाना न्युजलाई बताए ।
भैँसी ,बाख्रापालनमा उत्पादन हुने सुहाउने स्थान र फलफूल तरकारी व्यवसायमा लगानी गरेको उनले बताए । अटो रिक्सा व्यवसायमा पनि लगानी गरेको उनले बताए । धनगढी शाखा अन्तरगत २ हजार ५ सय ग्राहक सदस्य रहेको उनले बताए ।
समूहको निर्णय अनुसार मात्र लगानी गर्ने गरिएको चौधरीको भनाइ छ । ‘लगानी गरेको क्षेत्रमा असुल भइरहेको छ’, उनले भने ‘किस्ता समयमा आउने गरेको छ । त्यस्तो समस्या छैन ।’ केही सहकारीका कारण ५ महिना असहजको अवस्था सृजना भएको उनले बताए । उनले भने ‘विस्तारै काम गर्ने क्रममा विश्वास दिलाउँदै गयौँ अहिले सबै समस्या हल भएको छ ।’ संस्थाको ७६ शाखा रहेका तथा केन्द्रीय कार्यालय पूर्वको सागाँ काभ्रेमा रहेको उनले बताए । ग्राहक सदस्यका लागि समूहमार्फत तालिमको व्यवस्था समेत रहेको उनले बताए ।














