अछाम– जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको जेल परेको एक हप्ता दिनमै मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार आफ्नै शरीरमा चिथोर्ने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए ।













