• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको वित्तीय प्रगति न्यून

  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

भजनी-राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको गत आर्थिक वर्षको वित्तीय प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाइले विनियोजन बजेटको ४७ दशमलव ७९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।

गत वर्ष आयोजनाका लागि चालु तथा पुँजीगत गरी १४ करोड ८६ लाख बजेट विनियोजन गरिएको थियो । चालुतर्फ १४ करोड ८४ लाख बजेट विनियोजन गरिएकामा सात करोड ८२ हजार नौ सय १० अर्थात् ४७ दशमलव ७२ प्रतिशत खर्च भएको कार्यान्वयन इकाइका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिएका छन् । पुँजीगततर्फ दुई लाख बजेट विनियोजन भएकामा ९९ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताए।

“कार्यान्वयन इकाइमा ठूलो बजेट शीतभण्डार निर्माणका लागि रहेको थियो । उक्त आयोजनाको काम सम्पन्न नहुँदा वित्तीय प्रगति कम देखियो,” उनले भने, “अन्य अधिकांश कार्यक्रम सम्पन्न हुँदा पनि आधा रकम शीतभण्डारको फिर्ता हुँदा खर्च प्रगति कम भयो ।” गत वर्ष शीतभण्डार निर्माणका लागि ६ करोड ६० लाख बजेट कार्यान्वयन इकाइले विनियोजन गरेको थियो । शीतभण्डारको काम सुरु भए पनि भौतिक प्रगतिका आधारमा ७५ लाख मात्रै भुक्तानी भएको देखिएको छ ।

आयोजनाको मुख्य कार्यक्रमअन्तर्गत शीतभण्डार प्राथमिकतामा पर्दै आएको छ । शीतभण्डारको काम गत वर्षदेखि सुरु भए पनि प्राविधिक समस्याका कारण निर्माणको कामले गति लिन नसकेको आयोजना प्रमुख भरत कँडेलले बताए । “जग्गाको काम सम्पन्न भएपछि विश्व बैङ्कको प्राविधिक टोलीले अनुगमन गरेको आयोजनामा केही त्रुटि भएपछि त्यसभन्दा अगाडिको काम हुन सकेन,” उनले भने, “अहिले त्यो त्रुटि समाधान भएको छ । अब शीतभण्डारको काम निरन्तर हुन्छ ।” पाँच तलाको निर्माण हुन लागेको शीतभण्डारको भवन प्राविधिक समस्या देखिएपछि चार तलाको बन्ने भएको छ । शीतभण्डार निर्माणका लागि सात करोड ६ लाखमा सम्झौता भएको छ ।

कार्यक्रम कार्यान्वयन इकाइले चालु आर्थिक वर्षका लागि आयोजनाले रु १३ करोड ६६ लाख बजेट पाएको छ । तीमध्ये पाँच करोड २५ लाख शीतभण्डारमा खर्च हुने आयोजना प्रमुख कँडेलले बताए । चालु आर्थिक वर्षका लागि कृषि उत्पादन विविधीकरण, खाद्यान्न बाली, मुक्तकमैया, दलित कृषि विशेष कार्यक्रम, आलु क्षेत्र विस्तार कार्यक्रम, बेमौसमी तरकारी बाली क्षेत्र विस्तार, तरकारी बेर्ना उत्पादनमा सहयोग, पशु उत्पादन प्रविधि प्रदर्शन, पशु आहारा व्यवस्थापन तथा नस्ल सुधारसहित रोग व्यवस्थापन कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

गौरवको आयोजनासँगै आर्थिक वर्ष २०६९÷७० बाट सञ्चालनमा आएको आयोजनाको पहिलो चरण २०७४÷७५ मा सम्पन्न भएर त्यसपछि दोस्रो चरणमा सञ्चालन हुँदै आएको छ । आयोजना कार्यान्वयन भएका टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाको केही क्षेत्रका किसानका लागि वरदान साबित भएको छ ।

चालू आर्थिक वर्ष कृषि कार्यक्रम कार्यान्वयन इकाइको अन्तिम वर्षका रुपमा रहेको छ । “चालु आर्थिक वर्ष सकिएसँगै दोस्रो चरणमा सुरु भएको कार्यक्रम सम्पन्न हुन्छ,” आयोजना प्रमुख कँडेलले भने, “त्यसपछि तेस्रो चरण सञ्चालन हुने वा त्यसैलाई निरन्तरता दिने कि के गर्ने भन्ने कुनै जानकारी आएको छैन ।” रासस

  • रानी जमरा
बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.