धनगढी- प्रहरीले कञ्चनपुर र कैलालीबाट अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ । विहीबार दुई जिल्लाका विभिन्न सथनबाट भन्सार छलिका सामान बरामद गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बाट भारतबाट नेपालतर्फ भन्सार छलि गरी ल्याएको रु.८ हजार ७ सय बराबरको लेडिज सुट, ड्यु लगायतको सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको तथा थप कार्वाही भइरहेको जनायएको छ ।
त्यस्तै,कैलालीको भजनी नगरपालिका–८ खैरा र धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट भारतबाट भन्सार छलि ल्याएको चिनी, प्याज, पलाष्टिक झिल्लीलगायतको रु. ४६ हजार २ सय बराबरको माल समान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको तथा थप कार्वाही भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भन्सार छलिका सामान नियन्त्रणमा
भन्सार छलिका सामान नियन्त्रणमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















