धनगढी । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले आज ३० औं जनयुद्ध दिवस मनाउँदै छ । हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको सो पार्टीले विभिन्न कार्यक्रम गरि देशभर मनाउन लागेको हो ।
माओवादीले वि.सं. २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।













