कैलाली । ३०औ जनयुद्ध दिवसको अबसरमा सुदुरपश्चिम प्रदेशका पुर्ब मन्त्री रमेश सिह धामीले शुभकामना दिएका छन । आज उनले यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन ।
शुभकामना दिदै उनले देशमा समानता, न्याय, र परिवर्तनको लागि गरिएको त्याग, संघर्ष, र बलिदानलाई स्मरण गर्दै, यो दिवसले हामीलाई समृद्ध, समान र न्यायसंगत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरे।
उनले सहिदहरूप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति सम्मान, र जनताको हितमा अहोरात्र खट्ने सम्पूर्ण कमरेडहरु सुभचिन्तक समुदायमा सम्मान गर्दै, हामीले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै राष्ट्रिय एकता, स्थायित्व, र समृद्धिको मार्गमा अघि बढ्न पनि अनुरोध गरे ।














