धनगढी । कैलालीमा प्रहरीले ट्याक्टरसहित काठ नियन्त्रणमा लिएको छ।
जिल्लाको जानकी गाउँपालिका–७ हिम्मतपुरमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोड गरि राखेको अवस्थामा दबदवे (ज्याङ्रग्रा) जातको ८८ गोलिया काठ बिहीबार बरामद गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीका कार्यालय धनगढीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उक्त काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि सवडिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाइएको जनाइएको छ।














