धनगढी । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले तीन वर्षको अवधिमा रु १८ करोड ७५ लाख चार हजार तीन सय ५४ बराबरका अवैध समान बरामद गरेको छ ।
गणले जिल्लाका विभिन्न स्थानबाट विसं. २०७८ फागुन १ गतेदेखि २०८१ माघ ३० गतेसम्मको अवधिमा उक्त अवैध सामान बरामद गरेको छ ।
२०७८ साल फागुन १ गतेदेखि २०७९ माघ मसान्तसम्म रु तीन करोड ७० लाख २९ हजार एक सय ३८ बराबरका अवैध सामान बरामद गरि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डेयले जानकारी दिए ।
त्यस्तै,२०७९ फागुन १ गतेदेखि २०८० माघ ३० गतेसम्म रु चार करोड १६ लाख ९१ हजार छ सय ६३ बराबरको सामान बरामद गरिएको उनले बताए ।
२०८० फागुन १ गतेदेखि २०८१ माघ ३० गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट रु १० करोड ८७ लाख ८३ हजार ५ सय ५३ बराबरको सामान बरामद गरि सम्बन्धित निकायमा बुझाइएको एसपी पाण्डेयले बताए ।














