धनगढी । कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुरकि ५३ वर्षीया बेलमतीदेवी बोहरा रहेकी छन ।
बेलमतीले संचालन गरेको नास्ता पसलबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ किलो ६६५ ग्राम लागुऔषध चरेश बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













