धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ सिसा षोष्ट नजिक र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख २८ हजार १५० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार उक्त मूल्य बराबरको भन्सार छलीका मोवाईल कभर,चक्लेट, सुटपिस, साडी, धोती, प्लास्टिक डोरी, सिद्रा माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी शुक्रबार नियन्त्रणमा लिएको हो ।













