धनगढीः चन्द्रोदय माध्यमिक बिद्यालयको भवन शिलान्यास गरिएको छ । धनगढी १८ मा रहेको सो स्कुलको पुर्व मन्त्री एवं सुदुरपश्चिम प्रदेशसभा सदस्य रमेश सिहं धामीले बिद्यालयको ८ कोठे भवन शिलान्यास गरेका हुन् । १ करोड ४६ लाख बजेटमा ठेक्का सम्झौता भई बिद्यालय भवन शिलान्यास गरिएको हो ।
शिलान्यास पछि बोल्दै प्रदेशसभा सदस्य धामीले धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागी गरेको प्रयास सर्हानिय रहेको बताए ।कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शिक्षा क्षेत्र सुधारका लागी बिद्यालय मर्ज देखी हरेक वडामा नमुना बिद्यालय कार्यक्रम लागु गरिएको बताए ।
बिद्यालयको नतिजा बिगतमा ठिक थिएन र सुधारको प्रयास गरेका हौँ त्यसको नतिजा देखिदै छ उनले भने “सरकारले मात्रै चाहेर सबै हुँदैन, अब अबिभावकपनि जाग्नुपर्छ, निजि स्कुलमा हामीले शुल्क तिर्ने अनी बच्चाको उत्तिकै हेरचाह गर्ने अनी, सरकारी स्कुलमा बच्चा पठाएर फर्केरपनि नहेर्ने परिपार्टी अन्त्य गरौँ, सबै मिलेर सामुदायिक बिद्यालय सुधार गरौँ ।”













