धनगढी । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु मूल्य २ लाख २० हजार ६६५ बराबरको सामान बरामद गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त मूल्यका कपडा, तरकारी, हार्डवेयर, किराना लगायतका सामान इलाका प्रहरी गड्डाचौकी र सशस्त्र प्रहरी वल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।













