धनगढी । कैलालीमा प्रहरीले अवैध काठ बरामद गरेको छ । आइतबार जिल्लाको भजनी नगरपालिका–५ चमरौदास्थित गहुँ बारीमा चिराएर राखेको सालको काठ १७ थान कडी र ७ थान फ्रेम गरी २४ थानको १२.३३ क्युफिट काठ बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त काठ इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रमा लिइ आवश्यक प्रक्रिया पूरा गरि कारवाहीको लागि सव–डिभिजन वन कार्यालय भजनीमा बुझाएको जनाइएको छ ।













