आलिताल(डडेल्धुरा) । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन डडेल्धुराको आलितालमा आज सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ ।
सेन्टरका सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहराको अध्यक्षता सुरु भएको अधिवेशनमा नौ वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कार्यक्रमा युद्ध पत्रकारितामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको छ ।
अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।
उद्घाटन कार्यक्रमका तस्बिरहरु

















