धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा भीषण आगलागी भएको छ ।
मंगलबार साँझ ७ : २० बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।













