अछाम । अछामको बान्नीगढी जयगढ गाँउपालिका ३ मा रहेको जयगढ बजारमा आगलागी हुँदा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
७ बजेर २० मिनेटमा दुईवटा ग्यास शुरुमा पड्किएको र त्यसपछि संगै ७ वटा ग्यास पड्किएर आगो फैलिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी भण्डारीले निशाना न्युजलाई जानकारी दिए । अझै आँगो नियन्त्रणमा आउन नसकेको र १० वटा पसल जली सकेको उनले बताए ।
‘दमकल पठायौँ तर साँघुरो सडकका कारण जान सकेन’ उनले भने ‘आगो नियन्त्रण लिने प्रयास जारी रहेको छ ।’ नेपाल प्रहरी ,नेपाली सेना र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणमा लिने प्रयासमा लागिरहेको उनले बताए ।














