धनगढी । कैलालीमा चेक अनादर मुद्दामा फरार दुई जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ हजार रुपैया जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सरस्वतीकुमारी खड्का र सोही मुद्धामा ३ हजार रुपैया जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–३ बस्ने ४७ वर्षीय सुके चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनीहरुकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













