धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सम्पन्न भएको छ । स्ववियु निर्वाचन समितिकाअनुसार बुधबार भएको चुनावमा दुई हजार ५६ मत खसेको छ ।
मतदान सकिएसँगै सर्वपक्षीय बैठक बस्ने तयारी रहेको छ । कैलाली बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी लगायतका संगठन चुनावी प्रतिष्पर्धामा छन् ।













