धनगढी । नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार स्वर्गिय सुरेश रजकको सम्झनामा दिप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
चैत १५ गते काठमार्डौको तिनकुनेमा भएको राजावादी आन्दोलनमा पत्रकार सुरेशको मृत्यु भएको थियो ।
पत्रकार सुरेश रजकको हत्या र मिडिया हाउसमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्दै आएको छ ।
महासंघको पुर्वघोषित कार्यक्रम अन्र्तगत आज धनगढीको राष्ट् र्बैक चोकमा स्वर्गिय पत्रकार सुरेशको सम्झनामा दिप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।













