धनगढी । कैलाली अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका भुवन महरा नेतृत्वको प्यानलले विजय भएको छ।
महरा ४४१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बम बहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरे। बिश्वकर्मा अखिल–संयुक्त प्यानलबाट उम्मेदवार थिए।
महरा यसअघि पनि सभापति पदमा निर्वाचित भइसकेका थिए, र यो उनको दोस्रो कार्यकाल हो। सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहु ४७४ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगीले ३२६ मत पाए । त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघकी सोनिया शाह ४४५ मतसहित निर्वाचित हुँदा, प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत प्राप्त गरिन्।













