धनगढी । बझाङमा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लको बित्थडचिर गाउँपालिका– ३ बस्ने
७८ वर्षीय धौलीदेवी बोहरा रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार निज बोहराको आफ्नै घरको भान्सा कोठामा खाना पकाउदै गर्दा एक्कासी चट्याङ लागी घटनास्थलमै मृत्यु भएको हो ।
निजकी नातिनीहरु १४ वर्षिया जस्मा बोहराको पिठ्युमा र १३ वर्षिया पवित्रा बोहारको बाँया खुट्टामा सामान्य चोट लागी घाईते भएको प्रहरीले जनाएको छ ।













