धनगढी । कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा टेकबहादुर बूढाको सशक्त उम्मेदावरी परेको छ ।
आउँदो बैशाख ११ गते हुने निर्वाचनमा अध्यक्ष पदमा बुढा लगायत अन्य तीन जनाको उम्मेदवारी दर्ता भएको छ । बूढा सो समितिका पूर्व उपाध्यक्ष पनि भएकाले अन्य भन्दा बलिया उम्मेदवारको रुपमा परिचित रहेको बताइएको छ ।
यस्तै उपाध्यक्षमा चन्द्र बहादुर लामिछाने मगर, राज बहादुर ऎर र टेक बहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
सो वनमा १ सय ४६ मतदाता रहेका छन् । गोदावरीका ८ वडा , धनगढीका ८, गौरीगंगा का ४ वडा र चुरेको एक वडाका स्थानीय उपभोक्ता रहेका छन् ।
आगामी दुई बर्षको लागि १७ सदस्यीय नयाँ कार्य समिति चयन हुने भएको हो। आर्थिक रूपमा ठूलो कारोबार गर्ने बनको रूपमा परिचित भएकाले पनि उक्त बनमा नयाँ नेतृत्व लिन हानथाप हुने गर्दछ।













