काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा चैत्र १५ को राजावादी आगजनीमा मारिएका पत्रकार सुरेश रजकको डल्लुस्थित निवासमा पुगेका छन ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश लिएर, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहित आज त्यहाँ पुगेका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारजनसँग भेट गरी उनीहरूको पीडालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सघाउने प्रतिबद्धता व्यक्त गरे।
रजक परिवारले घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कडा कारबाही, सुरेशलाई सहिद घोषणा तथा तीनकुनेमा उनको सालिक निर्माण गर्ने माग गरेका छन ।
प्रवक्ता सापकोटाले ती मागहरूप्रति पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाउँदै, घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गर्न माओवादी केन्द्रले सरकारसँग दृढ आग्रह गरिरहेको स्पष्ट पारे।













