धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपहानगरपालिका–२ चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ९ हजार ४ सय बराबरको सामान बरामद गरिएको छ ।
भन्सार छली गरि ल्याएका चिनी, सरफ, कट्टु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













