धनगढी । टीकापुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले प्यानल सहित जित हात पारेको छ ।
निर्वाचन समितिले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।
नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार किरण साउँदले ६५२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरेका छन । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिवाशिष जंग थापाले ४२ मत पाएका छन ।
त्यस्तै, सचिवमा नेविसंघकै छविलाल न्यौपाने विजयी भएका छन । उनले ६१९ मत प्राप्त गरेका छन । सचिवमा नागरिक विद्यार्थी समाजका आशिष चौधरी ५०३ मत प्राप्त गरी पराजित भएका छन । सचिव पदमै स्वतन्त्र उम्मेदवार रहेका लोकेश देवकोटाले ८४ मत प्राप्त गरेका छन ।
कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत सहित विजयी भएकी छन भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुदिप नेपालले ५३० मत पाएका छन ।














