धनगढी । कैलाली बहुमुखी क्याम्पस स्ववियु चुनावको एक हजार एक सय ५४ मतगणना जारी रहदा अनेरास्ववियुका यमराज जोशीलाई पछि पार्दै अखिल क्रान्तिकारीका पवन सुनारले अग्रता कायम गरेका छन् ।
अनेरास्ववियुका यमराज जोशीले २४७ मत ल्याउँदा अखिल क्रान्तिकारीका पवन सुनारले २९१ मत ल्यायर अग्रता कायम गरेका हुन् । यमराजलाई पवनले ४४ मतले लिड गरेको छ ।
यता नेपाल विद्यार्थी संघका सन्तोष पन्तले शुरुवाती चरणबाट नै अग्रता कायम गरेका छन् । उनले अनेरास्ववियुका यमराज जोशीलाई २३८ र अखिल क्रान्तिकारीका पवन सुनारलाई १९४ मतले लिड गरिरहेका छन् ।













