दार्चुला । दार्चुलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला नौगाड ५ बस्ने बर्ष ५५ का हरीश सिंह ऐरी रहेका रहेका छन् ।
दार्चुलाको नौगाड गाउपालिका-५ सौकेबगर स्थित गोकुलेश्वर- नौगाड सडकखण्डमा जिल्ला संखुवासभा चैनपुर नगरपालिका
७ बस्ने बर्ष २४ को सुरज तामाङले चलाएको ब्रज गुप कन्ट्रक्सन कम्पनीको बा ३ क २३९९ नं. को पानी बोक्ने ट्याङकरले सडक छेउमा पल्टिरहेका ऐरीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । ट्याङकर र चालक भने प्रहरीको नियन्त्रणमा रहेको छन्।













