धनगढी । कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दीर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
उनी बल्चौरस्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जनाइएको छ। उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।













