धनगढी । कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट ४ ग्राम ६ सय मिलिग्राम लागुऔषधसहित लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी पक्राउ परेका छन् ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,गोदावरी नगरपालिका–४ बसन्तपुरबाट १ ग्राम ३ सय मिलिग्राम लागुऔषधसहित सोही ठाउ बस्ने एक जना १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सो सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।













