बाजुरा । बाजुरामा नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन् । बुधबार बाजुरा, बुढीगंगा ६ फालासैन स्थित साँफे-मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा उनी मृत फेला परेका हुन् ।
उनी सोही नगरपालिकाका स्थानिय बासिन्दा रहेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













