विराटनगर । बलात्कार कसुरमा पुर्पक्षमा रहेका भोगिरहेका जिल्ला कारागार मोरङमा बुधबार साँझ एकजना कैदी बन्दीको मृत्यु भएको छ । बलात्कार कसुरमा ११ मंसिर २०८१ देखी पुर्पक्षका लागि कैदमा रहेका विराटनगर महानगरपालिका–५ घर भएका ४० वर्षीय सन्तोष पालको उपचारका क्रममा २५ असार साँझ मृत्यु भएको हो ।
मृत्यु भएका बन्दि पाललाई शरीर सुन्निने र सास फेर्न गाह्रो पर्ने समस्या थियो । उनलाई कारागार प्रशासनले १२ असार देखि उपचारका लागि कोशी अस्पताल भर्ना गराएका जेलर गौरव ढुंगेलले जानकारी दिए । बन्दी पालको शव परिवारले जिम्मा लिइसकेका छन्।













