कैलाली- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । कैलाली घटनामा दोषी ठहर भइ हाल जेलमा रहेका रेशम चौधरीकी पत्नीसमेत रहेकी उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रदेशसभातर्फ कैलाली निर्वाचन क्षेत्र नं. १ (क) बाट नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र (ख) बाट लक्ष्मणकिशोर चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि रेशम पत्नी रञ्जिताले पूर्व सांसद रेशम चौधरीसहित राजबन्दी रिहाइलाई आफूले मुख्य एजेण्डा बनाएको बताइन् । टीकापुर घटनालाई राजनीतिक मुद्दाको रुपमा लिनुपर्ने बताउँदै उनले कैलाली निर्वाचन क्षेत्र नं. १ को शान्ति सुरक्षा, यहाँको दीर्घकालीन र भरपर्दो भौतिक विकासलगायतका एजेण्डा लिएर आफू जनतामा जाने बताइन् ।













