धनगढी- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा ट्राफिक प्रहरी कार्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहसहित कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको उपस्थितिमा कार्यालय परिसर भित्र विभिन्न प्रजातिका बोट बिरुवाहरु वृक्षारोपण गरिएको थियो ।






















