कैलाली । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल कैलाली र शान्ति माध्यमिक विद्यालय मोहन्याल ३ फले बिसौनाको संयुक्त आयोजनामा शुक्रबार विद्यालय हातामा वृक्षारोपण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चका अध्यक्ष वीरेन्द्र बहादुर रावलले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र बस्नेत, विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढा, चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल कैलालीका उपाध्यक्ष ओम सापकोटा लगायतकाले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए।
कपुर, अमला, सर्पगन्धा, धुपी, अशोक,बाँस, मोरिङ्गा, समी, लगायत विभिन्न प्रजातिका २०० बोट बिरुवाहरू सो अवसरमा रोपिएका थिए।
सो अवसरमा विद्यालयका छात्र छात्रा, इको क्लब, वन डिभिजन कार्यालय फले बिसौना, स्थानीय समाजसेवी र शिक्षक कर्मचारीहरूको सहभागिता रहेको थियो।
विद्यालयको हाताभित्र वृक्षारोपण
विद्यालयको हाताभित्र वृक्षारोपण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













