धनगढी । धनगढी उपमहानगरपालिकाद्वारा वडा नं. ९ स्थित श्री भवानी माध्यमिक विद्यालय परिसरमा ५८ बोट वृक्षारोपण गरिएको छ।
हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालय परिसरलाई हराभरा र आकर्षक बनाउने लक्ष्य राखिएको छ। साथै, यस अभियानले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।














