दार्चुला- दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक जनाको मृत्यु भएको छ । ग्यास लिक भएर घाइते भएका जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा जलेर घाइते भएका थिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्जमा लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















