बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले १ लाख बराबरका अखाद्य सामग्री नष्ट गरेको छ । पालिका भित्रका बजार अनुगमनका क्रममा भेटिएका अखाद्य सामग्रीहरु नगरपालिकाले नष्ट गरेको हो ।
पालिकाका मुख्य मुख्य बजारहरु अनुुगमनका क्रममा उक्त मात्रामा अखाद्य सामग्री बरामद गरिएको गाउँपालिकाकी उपप्रमुख बिना भट्टले जानकारी दिईन । उनका अनुसार अनुुगमनका क्रममा बरामद गरिएका करिब १ लाख मुल्य बराबरका सामग्रीहरु नष्ट गरिएको हो ।
उनले वडा नं. ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको बताईन । यस्तै नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका छन ।















