धनगढी- कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। कैलाली बहुमुखी क्याम्पसमा शुक्रबार क्याम्पसका प्रमुखको कोठामा प्राध्यापकहरुले ताला लगाएको जनाइएको छ।
स्रोतका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको हो। कर्मचारी समायोजनसहितका कुराहरुमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकहरुको गुनासो छ।
यस्तै क्याम्पसका केही एचओडी (विषय) विभाग प्रमुखहरुले आजै राजीनामा पनि दिएको बताइएको छ। तर स्वीकृत भने गरिएको छैन्। अहिले क्याम्पसका तालाबन्दीबारे छलफल जारी छ।













